कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ: खानेपानी मन्त्री चौधरी

काठमाडाैं | असार २७, २०७९

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ:  खानेपानी मन्त्री चौधरी

 

काठमाण्डौँ:     खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ । 

    

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताउनुभएको हो ।    

    

भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गर्नुभएको स्मरण गर्दै सो पहल गरेकाले उहाँको सालिक यहाँ निर्माण गर्न लागिएको बताउनुभयो ।  

    

गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो ।

    

सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो । विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो । 

  

 पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गर्नुभयो । 

  

मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेवित्तिकै पुनःसञ्चालनमा आउनेसमेत बताउनुभयो । 

    

मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्