समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग
तनहुँ | असार २७, २०७९
तनहुँ: जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएरतनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागिमद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत दुईछात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।
लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहनु भएका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमका बीच क्याम्पस छात्रवृद्धि कोषको संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथमप्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याउनुभयो ।
गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपियाँ सहयोग गर्नु भएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । कार्यक्रममा दाहालले
अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्पबाट भविष्यमा मा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
दाहालले जन्मदिनमा फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा । रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउने गर्नुहुन्छ ।
फाटो क्याप्सन– समाजसेवी दाहालद्धारा रकम प्रदान गर्नुहुँदै । (खाँदा लगाएको व्यक्ति)

म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

