बजेटमा लुट: जेठाजुको स्मृति कोषमा धनमायाले छुट्याइन ५० लाख
पाेखरा | असार २७, २०७९
पोखरा: गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले आफ्नो जेठाजुको स्मृति कोषमा ५० लाख बजेट विनियोजन गरेको पाइएको छ ।
गण्डकी प्रदेश सभा सदस्य लामाले जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित राष्ट्रियस्तरको ‘ १० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने उद्धेश्यले बजेट सिफारिस गरेकी थिइन् ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोबद्र्धन शर्माको स्मृतिमा तनहुुँको व्यास नगरपालिकामा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा स्थापित पुननारायण– धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ, सोही नगरपालिकाका पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ, सांसद विनोद केसीका सहोदर दाइका नाममा म्याग्दीको बेनी नगरपालिका– ७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
बागलुङकी सांसद पियारी थापाको सिफारिसमा काठेखोला गाउँपालिका–४ स्थित जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
स्थापित कोषलाई बजेट खर्च नदिने
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको सबैतिर विरोध भएपछि आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत मुख्यमन्त्री,मन्त्री, सांसदहरुको आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको उल्लेख गरिएको छ ।

म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

