बजेट विनियोजन प्रकरणबारे पियारीले भनिन् ‘कुनै प्रकारको गलत नियत जोडिएको छैन’
बाग्लुङ | असार २७, २०७९
पोखरा: गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् ।
उनले नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको आज (सोमबार) विज्ञप्ती जारी गर्दै गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पारेकी हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘गाउँमैत्री अक्षयकोष (जिमाक) २०६८ सालमा दर्ता भएर लगातार१० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ ।
हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन, विज्ञप्तीमा भनिएको छ, ‘यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो ।
सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो । हाल दोस्र्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने कुराको प्रतिवद्धता गर्दछु । साथै यसमा हाम्रो कुनैपनि प्रकारको गलत नियत नजोडिएको कुरा पनि स्पष्ट गर्न चाहान्छु ।’

राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य थापाले विहे गरेपछि स्थापित कोषका लागि बजेट विनियोजन गरेको आरोप लागेको थियो । २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गरेपश्चात उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) सुरू गरिएको बताइएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

