लामाचौर कप भलिबल: महिलातर्फ एपिएफलाई उपाधि
पाेखरा | भदौ २१, २०८१
पोखरा: लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।
नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो ।
पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो । त्यसपछि डायमण्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो ।
यस अघि लिगचरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।
उपाधिसँगै एपिएफले नगद रु एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । डायमण्ड गतवर्षको समेत उपविजेता हो ।
प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।
यस्तै पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
अहिले पुरुषतर्फ विभागीय डर्वी नेपाल पुलिस र एपिएफ उपाधिका लागि भिड्दै छन् ।
भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका दुुइ शिर्षटिम फाइनलमा प्रवेश गरेको थियो । गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

