कृषकको पाखोबारीमा पोखराका मेयर, कृषकको समस्या समाधानमा जोड
पाेखरा | असार २८, २०७९
पोखरा : पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् ।
मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेला समेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे ।
आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै पुगेको बेला चिन्ता प्रकट गरे । ‘यसपाली असिना पनि झरेको छैन । तर किन हो मेयरसाप सुन्तला अत्याधिक झरेको छ । आज तपाईलाई घरमै भेट्न पाइयो यसको सामाधान खोजिदिनुपर्ने भयो’ उनले भने । मेयर आचार्यले आफूसंगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई कारण समाधान के हुन सक्छ बताउन भनेसंगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए ।
उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्ने हुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर, जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झ¥यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए । सुन्तला बँगैचा घुम्ने क्रममा स्थानीय कृषकले सुन्तलाको फेद कुहिने, बोट मर्ने र सुन्तला झर्ने लगाएतका समस्या राखेका थिए । त्यहाँका किसानले पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादन समेत बढ्ने र विस्तार हुने जानकारी गराएका थिए ।
उक्त अवसरमा कृषि महाशाखा प्रमुख कडरियाले समस्या समाधानका उपाए बताएका थिए । उनले मल्चिङ र यसको फाइदा लगायतका विषयमा कृषक र मेयर आर्चायका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई जानकारी दिएका थिए । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा समेत उनले जानकारी दिए ।
मेयर आचार्य पोखरा २१ मा ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरे । कृषक कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएकामा पाँच हजार किलो बेचेका छन् ।
अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बजारबाट व्यापारी पुगेर ल्याउने गरेको उनले जानकारी दिए । मेयर आचार्य पोखरा २१ मा बिहान कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि पुगेका थिए । विहान झण्डै ९ बजे सुरु हुने कार्यक्रमका क्रममा उनी त्यसको दुई घण्टा अगाडि नै किसानका पाखोबारीमा बिना जानकारी किसानको पाखो बारीमा पुगेका हुन् ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

