कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनीत
काठमाडाैं | भदौ २५, २०८१
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गर्नुभएको छ ।
उहाँले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहनुभएको पर्यटन विभागमा आज मनोनयन गर्नुभएको हो ।
विभागमा खुम सुवेदी, वीरबहादुर महरा, दीपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जङ्गबहादुर लामा मनोनीत हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...
पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

