आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा

काठमाडाैं | भदौ २६, २०८१

आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा

काठमाडौं:   आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो ।

 

ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ ।

 

स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

एमाले केन्द्रीय कार्यालयका सचिव  भीष्म अधिकारीले स्मृति सभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुने बताउनुुभयो ।

 

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी हुनुभएको थियो ।
 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्