पोखराबाट अन्तर्राष्ट्रिय उडान सँगै लगानी सम्मेलन गर्नुछ: कार्की

पाेखरा | भदौ २७, २०८१

पोखराबाट अन्तर्राष्ट्रिय उडान सँगै लगानी सम्मेलन गर्नुछ: कार्की

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । 


पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्राउन आवश्यक रहेको धारणा राखे । 


पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् । 


‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेश िर विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्युनिरण गर्न आवश्यक छ । युुवा लक्षित कार्यक्रमहरु आजका आवश्यकता हुन् ।’

 
पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफु आशावादी रहेको बताए । 


संघको उपाध्यक्षसम्म अमुल्य मतले विजयी गराउने सम्पुर्ण उद्योग व्यवसायी तथा व्यापारिहरुले अब एक पटक आफुलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे । 


पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुट–उपगुट नसमाइ स्वतन्त्र रुपमा उठेकाले आफुहरुले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्