मुवाँथाई संघ म्याग्दीको अध्यक्षमा डेक पुन
म्याग्दी | भदौ २८, २०८१
म्याग्दी: म्याग्दी मुवाँथाई संघको अध्यक्षमा डेक पुन सर्वसम्मत चयन भएका छन् ।
नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार म्याग्दीको अध्यक्षमा डेक पुनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला मुवाँथाई संघ तदर्थ समिति गठन गरेको हो ।
नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको भेलाले म्याग्दी मुवाँथाई संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा राधा पुलामी, सचिवमा कृष्ण रानाभाट र कोषाध्यक्षमा महेन्द्र थकाली सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा रितु पुन, साहस गर्बुजा, प्रबिन केसी, कुमार क्षेत्री, हिमाल सुनार रहेका छन् ।
पछिल्लो समय नेपालमा मुवाँथाईको लोकप्रियता बढ्दै गएकाले जिल्लामा यसको विकास र विस्तारमा लाग्ने अध्यक्ष पुनले बताए । उनले जिल्ला स्तरबाट समेत व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागि पर्ने समेत बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

