त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन | भदौ ३०, २०८१

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन:   नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

    
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । 


घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भन्नुभयो, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ ।

    
यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उहाँ बताउनुहुन्छ । 


ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । 


ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । 


ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्