पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण
पाेखरा | भदौ ३१, २०८१
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की निर्वाचित भएका छन् ।
प्यानल खडा गरेर नेतृत्व सम्हालेका अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४ सय ५८ मतान्तरले पराजित गर्दै कार्की चुनिए ।
आइतबार साँझ भएको मतपरिणाम अनुसार कार्कीले कुल १ हजार ३ सय ३९ मत पाए भने, पोखरेलले ८ सय ८१ मत प्राप्त गरेका थिए ।
शनिबार भएको मतदानमा कुल २२५१ मत खसेको थियो । यस्तै उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग (११ सय ७७ मत) निर्वाचित भए । उनले पोखरेल प्यानलका बालकृष्ण कोइराला (१ हजार ४७ मत )लाई हराए ।
यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित भए भने २ जना स्वतन्त्र उम्मेदवारी दिएका चुनिए ।
पोखरेलको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मतसहित निर्वाचित भए ।
यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

