असोज १५ देखि कोलपाटनमा 'एमेच्युअर फुटबल' हुने, उपाधि राशी ६० हजार
पाेखरा | असोज १, २०८१
पोखरा महानगरपालिका १५ कोलपाटनमा विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।
गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए ।
‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन् । उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८४६७७१७४३, ९८०६५०४५९९) बताइएको छ ।
उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

