पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति ¥याली

तनहुँ | असोज १, २०८१

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति ¥याली

तनहुँ:    मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति¥याली निकालिएको छ । 


दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति¥याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गियो । 


मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उहाँले बताउनुभयो । 


पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत० सुरु भएको हो । 


जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । 


कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । 


यसैकारण इस्लाम धर्मावलम्बीले जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गर्छन् ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्