सम्पादकीयः निख्खर समाचारको सुनगाभा
पाेखरा | चैत २५, २०७८
आजको सुनौलो घामसँगै सिंगो देशलाई केन्द्र बनाएर सुनगाभा न्यूज डटकम नामक समाचार पोर्टल सुरु भएको छ । बदलिँदो परिवेशसँगै नवीन प्रविधिमार्फत पत्रकारितालाई अघि बढाउने क्रममा अनलाइन माध्यममार्फत समाचार पस्कन सुनगाभाको समूह पाठक, दर्शक, स्रोतासमक्ष आएको छ ।
‘सूचना नै ज्ञान र ज्ञान नै शक्ति’को परिभाषालाई अंगाल्दै तथ्यपरक खबर पलपलमा पस्कन सुनगाभा समूह प्रतिबद्ध छ । त्यसो त सूचना वा समाचारकालागि सुनगाभा अगावै अनगिन्ती सञ्चारमाध्यम नभएका होइनन्, यसअर्थमा हाम्रो प्रयास केही फरक र केही विशेष पक्कै हुनेछ । कुनैपनि विषयवस्तुउपर सूचना संकलन गरिरहँदा सुनगाभाले हदैसम्म घटनाको भित्री र वास्तविक पाटोलाई केलाई ‘गुँदी’ पस्कने प्रयास गर्नेछ भन्नेमा हामी विश्वस्त हुन अनुरोध गर्दछौं ।
मूलतः समाचार पढिसकेपछि पाठकलाई ‘तथ्य’सँग आत्मसाथ गरेको महशुस हुनेमा सुनगाभाले जोड दिनेछ । भनिन्छ, ढिलो गरी सूचना दिनु भनेको सूचना नदिनु सरह हो । यही मर्मअनुरुप सुनगाभाले सही समयमा सही समाचार दिने जिम्मेवारी बहन गर्न आजदेखि पाइला अघि सारेको छ । मुलुक गणतान्त्रिक व्यवस्थामा पदार्पण गरेपछि संविधानमा प्रदत्त मौलिक अधिकारको रक्षा गर्ने जिम्मेवारी सञ्चारमाध्यमको पनि हो भन्ने महशुस गरेका छौं ।
यसर्थ, सूचनाको अधिकारअन्तरगत सार्वजनिक महत्वका कुनैपनि विषयउपर नागरिकको पहुँच बढाउन सुनगाभाले सीमितताकाबीच असीमित प्रयास गर्नेछ ।
सुनगाभा न्यूज स्थापनाको यस घडीबाट निख्खर समाचार पस्कने हेतुले आवाजवीहिनका आवाजलाई सम्बन्धित निकायसमक्ष पु¥याएर यथाशीघ्र जवाफ माग्दै पत्रकारितामा जवाफदेहितालाई अनिवार्य गर्ने दिशामा केन्द्रित हुनेछ । समाचारसँगै विचार, विश्लेषण, खोज र दीगो विकासका विषवस्तुद्वारा समाजलाई सकारात्मक बाटोमा अघि बढाउन हरसम्भव योगदान गर्ने सुनगाभाको लक्ष्य छ ।
यही मेसोमा भन्नुपर्दा समाजमा विकृति र विसंगति फैलाउने, त्रास सृजना गर्ने, ऐन र कानूनको छिद्र पहिल्याई लाभ लिने, भ्रष्ट आचरण र नाफाखोर प्रवृत्तिविरुद्ध सुनगाभाले निरन्तर प्रहार गरिरहनेछ । साथै, समाचारीय यात्राका दौरान पाठकवर्गबाट सुझाव, सल्लाहको प्रतीक्षामा छौं ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

