सम्पादकीयः निख्खर समाचारको सुनगाभा

पाेखरा | चैत २५, २०७८

सम्पादकीयः निख्खर समाचारको सुनगाभा

आजको सुनौलो घामसँगै सिंगो देशलाई केन्द्र बनाएर सुनगाभा न्यूज डटकम नामक समाचार पोर्टल सुरु भएको छ । बदलिँदो परिवेशसँगै नवीन प्रविधिमार्फत पत्रकारितालाई अघि बढाउने क्रममा अनलाइन माध्यममार्फत समाचार पस्कन सुनगाभाको समूह पाठक, दर्शक, स्रोतासमक्ष आएको छ ।

 

‘सूचना नै ज्ञान र ज्ञान नै शक्ति’को परिभाषालाई अंगाल्दै तथ्यपरक खबर पलपलमा पस्कन सुनगाभा समूह प्रतिबद्ध छ । त्यसो त सूचना वा समाचारकालागि सुनगाभा अगावै अनगिन्ती सञ्चारमाध्यम नभएका होइनन्, यसअर्थमा हाम्रो प्रयास केही फरक र केही विशेष पक्कै हुनेछ । कुनैपनि विषयवस्तुउपर सूचना संकलन गरिरहँदा सुनगाभाले हदैसम्म घटनाको भित्री र वास्तविक पाटोलाई केलाई ‘गुँदी’ पस्कने प्रयास गर्नेछ भन्नेमा हामी विश्वस्त हुन अनुरोध गर्दछौं । 

 

मूलतः समाचार पढिसकेपछि पाठकलाई ‘तथ्य’सँग आत्मसाथ गरेको महशुस हुनेमा सुनगाभाले जोड दिनेछ । भनिन्छ, ढिलो गरी सूचना दिनु भनेको सूचना नदिनु सरह हो । यही मर्मअनुरुप सुनगाभाले सही समयमा सही समाचार दिने जिम्मेवारी बहन गर्न आजदेखि पाइला अघि सारेको छ । मुलुक गणतान्त्रिक व्यवस्थामा पदार्पण गरेपछि संविधानमा प्रदत्त मौलिक अधिकारको रक्षा गर्ने जिम्मेवारी सञ्चारमाध्यमको पनि हो भन्ने महशुस गरेका छौं ।

 

यसर्थ, सूचनाको अधिकारअन्तरगत सार्वजनिक महत्वका कुनैपनि विषयउपर नागरिकको पहुँच बढाउन सुनगाभाले सीमितताकाबीच असीमित प्रयास गर्नेछ । 

 

सुनगाभा न्यूज स्थापनाको यस घडीबाट निख्खर समाचार पस्कने हेतुले आवाजवीहिनका आवाजलाई सम्बन्धित निकायसमक्ष पु¥याएर यथाशीघ्र जवाफ माग्दै पत्रकारितामा जवाफदेहितालाई अनिवार्य गर्ने दिशामा केन्द्रित हुनेछ । समाचारसँगै विचार, विश्लेषण, खोज र दीगो विकासका विषवस्तुद्वारा समाजलाई सकारात्मक बाटोमा अघि बढाउन हरसम्भव योगदान गर्ने सुनगाभाको लक्ष्य छ ।

 

यही मेसोमा भन्नुपर्दा समाजमा विकृति र विसंगति फैलाउने, त्रास सृजना गर्ने, ऐन र कानूनको छिद्र पहिल्याई लाभ लिने, भ्रष्ट आचरण र नाफाखोर प्रवृत्तिविरुद्ध सुनगाभाले निरन्तर प्रहार गरिरहनेछ । साथै, समाचारीय यात्राका दौरान पाठकवर्गबाट सुझाव, सल्लाहको प्रतीक्षामा छौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्