बागलुङका युवा भिडियोग्राफर केसी र कार्कीले प्राप्त गरे विश्व रेकर्डको प्रमाणपत्र

बाग्लुङ | असोज ५, २०८१

बागलुङका युवा भिडियोग्राफर केसी र कार्कीले प्राप्त गरे विश्व रेकर्डको प्रमाणपत्र

बागलुङ:    बागलुङका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् । 


गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरमा जोडी नृत्य ‘उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । उनीहरुले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए ।


उक्त विश्व किर्तिमानको भिडियोग्राफी गरेर बागलुङका दुई युवा फोटो तथा भिडियोग्राफर केसी र कार्कीले समेत उक्त रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । 


उनीहरु दुवै जनाले विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । केसी काठेखोला गाउँपालिका–२ घरभई हाल बागलुङ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्भने कार्की बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् ।


रेकर्ड बनाउने क्रममा दि गोल्ड स्टुडियो बागलुङका सञ्चालक समेत रहेका केसी र काठमाडौंका उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा दि गोल्ड स्टुडियोका सौगात कार्कीले साथ दिएका थिए ।
 भिडियोग्राफर केसीले मेहनतले ठूलो सफलताको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको बताए । 


‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले भने,‘जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको छ ।’


सुन्दर नगरी बागलुङ बजारमा विगत ४ वर्षदेखि संचालित दि गोल्ड स्टुडियोले म्युजिक भिडियोका साथै डकुमेन्ट्री र बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन तथा फोटो खिच्दै आएको छ । 
विश्व रेकर्ड कायम गर्दा नृत्यकार सुरेन्द्र र सुसनले दीपक बज्राचार्यको गीत ‘मन मगन’ मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरे ।

 
सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा सुरेन्द्र र सुसनले कार्यक्रम गरेका थिए । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले नृत्य गरेका थिए । 


८ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा नृत्यको साक्षी बनेका थिए । 


‘हाम्रा हिमालहरू बचाउनुहोस्ः हिमालको बहुविविधता महत्वपूर्ण छ’ भन्ने नारासहित सुरेन्द्र र सुसनले यो कार्यक्रम गरेका हुन् ।


कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाणहरु गिनिजको लण्डन मुख्यालयमा पठाइएको थियो । मुख्यालयले सवै प्रमाणको अध्ययन गरेपछि विश्व रेकर्ड कायम गरेका सुरेन्द र सुसन सहित भिडियोग्राफर, फोटोग्राफर र सहयोगीहरुलाई भदौं अन्तिम साता प्रमाणपत्र उपलब्ध गराएको हो ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्