कोलपाटनमा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन
पाेखरा | असोज ५, २०८१
पोखरा: महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतना मूलक सडक नाटक शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाले उद्घाटन गर्दै आफुले समाजको लागि राम्रो गर्दा गर्दै पनि केहि व्यक्तिहरुले अनर्गल प्रचार गरेको बताउँदै आफुलाई कुनै फरक नपर्ने बताए । उनले सडक नाटकले महिला हिंसा न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीयय उपाध्यक्ष दिलमाया गुरुङ, राम वजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायव निरिक्षक राजु थापा, प्रतिभा आमा समुह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले बोलेका थिए ।
सो अवसरमा कलाकारहरु सुनिता कडेंल, गिता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गिता भण्डारी, सुसिला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन ।
अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्माले र संचालन रमिता पौडेलले गरेकी थिइन ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

