उपसभामुखमा भुसाल र भट्टराईबीच प्रतिस्पर्धा

काठमाडाैं | असार ३०, २०७९

उपसभामुखमा भुसाल र भट्टराईबीच  प्रतिस्पर्धा


काठमाडौँ:   प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम र विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

 

उपसभामुखमा नेपाली कांग्रेस नेतृ भुसालले सत्तारुढ गठबन्धन र भट्टराईले नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्।

 

यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र  कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।

 

उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।


 

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्