वडासचिव गुरुङको कार्यकक्षमा भेटियो २ लाखसहितको झोला
काठमाडाैं | असोज ७, २०८१
पोखरा महानगरपालिका–१३ को वडा कार्यालयमा आइतबार साँझ नगद रु २ लाखसहित झोला फेला परेको छ ।
वडा १३ का अन्जु गुरुङको कार्यकक्षको सोफामा आइतबार बेलुकी खैरो रङको बेवारिसे झोला फेला परेको कास्की प्रहरीले बताएको छ ।
कास्की प्रहरीका अनुसार अहिलेसम्म उक्त रकमसहितको झोला कस्को भन्ने बारे खुलेको छैन ।
सो झोलामा दुई लाख नगद, एउटा क्यामेरा, सर्ट, हापपाइन्टका साथै बाइकको चाबीसमेत रहेको छ ।
प्रहरीले उक्त नगद र जिन्सी सामानसहितको झोला छोड्ने व्यक्तिले प्रमाणित हुने कागजातसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
सो झोला अहिले वडा प्रहरी रामबजारमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

