प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु

कास्की | असार ३१, २०७९

प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु

कास्की:  पोखरामा एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङकाे जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् ।

 

प्रहरी जवान थापाको उपचारको क्रममा बिहिबार मृत्यु भएपश्चात अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्दै जानकारी दिएको हो ।

 

गण्डकी प्रदेश प्रहरीका अनुसार मृतक थापा गत सालको असोज  १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिम गर्दै आएका थिए ।

 

उनको नियमित (शारीरिक अभ्यास) तालिमको क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेकी उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले घोषणा गरेको थियो  । 

 

मृत्युपश्चात उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  यसअघि गत हप्ता पनि बुटबलमा तालिमकै क्रममा एक प्रहरी जवानको मृत्यु भएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्