प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु
कास्की | असार ३१, २०७९
कास्की: पोखरामा एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङकाे जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् ।
प्रहरी जवान थापाको उपचारको क्रममा बिहिबार मृत्यु भएपश्चात अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्दै जानकारी दिएको हो ।
गण्डकी प्रदेश प्रहरीका अनुसार मृतक थापा गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिम गर्दै आएका थिए ।
उनको नियमित (शारीरिक अभ्यास) तालिमको क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेकी उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले घोषणा गरेको थियो ।
मृत्युपश्चात उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि गत हप्ता पनि बुटबलमा तालिमकै क्रममा एक प्रहरी जवानको मृत्यु भएको थियो ।
पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक ...
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...
पोखरा: लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

