नेफेजको अध्यक्षमा कार्की निर्वाचित

काठमाडाैं | असोज १८, २०८१

नेफेजको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं:    नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ । 


नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो । 

    
कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो ।
 
    
यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गर्नुभएको छ । 

    
महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    
दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी हुनुभएको छ । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताउनुभयो । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गर्नुभएको छ ।

    
कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्