कर्णाली यश्वीजलाई वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि
काठमाडाैं | असोज १९, २०८१
काठमाडौं: कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३–२ ले हराउँदै उपाधि जितेको हो।
अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो।
अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो। १५–८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन। सहजै २५–१७ ले पहिलो सेट जित्यो।
दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९–१५ ले पछि परेको ललितपुरले खेललाई १८–२० सम्म पुर्यायो। तर यो सेट पनि २५–२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २–० को स्पष्ट अग्रता बनायो।
२–० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो। ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो।
ललितपुरले २०–१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५–१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २–१ को स्थितिमा पुर्यायो।
ललितपुरले खेलमा फर्कने संकेत देखायो।
चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५–१८ ले जित्यो। योसँगै खेल २र२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो।
पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। ५–५ को बराबरीबाट ललितपुर ११–९ को अग्रता बनायो। तर यो अग्रता तोडियो खेल ११–११ मा पुग्यो। यसपछि कर्णालीले १३–१२ को अग्रता बनायो।
लगतै कर्णालीले अर्को अंक जोड्दै १४–१२ को स्कोरमा जित नजिक पुग्यो। तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४–१३ मा पुर्यायो। यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५–१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

