व्यापारीको गुनासो: सोच जस्तो छैन व्यापार
काठमाडाैं | असोज २०, २०८१
काठमाडौं: “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।
दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।”
पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उहाँको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उहाँको झिनो आशा छ ।
दसैँमा किनमेलका लागि न्युरोडमा भेटिनुभएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्नुहुन्छ । “आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।
ठमेलमा किनमेल गर्न पुग्नुभएका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताउनुभयो । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उहाँले बताउनुभयो ।
“काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “किनमेल पनि भर्खरै सुुरु हुँदैछ ।” उहाँले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताउनुभयो । पर्वमा भारी छुट पाउने हुँदा उहाँलाई आवश्यक सामग्री किन मनपर्ने सुनाउनुभयो ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताउनुभयो । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आउनुभएकी उहाँले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाउनुभयो ।
गाँउ बाढीका कारण तहसनहस भएपछि उहाँलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाउनुभयो । “आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?”, उहाँले भन्नुभयो ।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताउनुभयो । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उहाँको अनुभव छ । “मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन”, उहाँले भन्नुभयो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

