साउनदेखि जडीबुटी बीमा लागू हुने

काठमाडाैं | असार ३२, २०७९

साउनदेखि जडीबुटी बीमा लागू हुने

 

काठमाण्डौँ:    साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ ।    यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो ।  

    

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । 
   
  

 निर्देशिकामा  बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैँले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

पोखराः पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ ।      हरेक ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समिति...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थाप...

थप पढ्नुहोस्