पोखरामा 'इन्टर रिहाब सिक्स ए साइड फुटबल' प्रतियोगिता हुने
पाेखरा | असोज २९, २०८१
पोखराको काँहुडाँडामा रहेको रिचमन्ड फेलोसिप पोखराले सोबर हाउस इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी कात्तिक १ र २ गते, माछापोखरी खेलकुद मैदानमा “लागु पदार्थ होइन, स्वास्थ्यमा ध्यान दिउँ भन्ने मुल नारासहित प्रतियोगिता आयोजना गरिएको प्रदीप बस्नेतले जानकारी दिए ।
लागुऔषध तथा मादक पदार्थ उपचार केन्द्रमा रहेका उपचारार्थी, स्वयंसेवक र कर्मचारीहरु उक्त प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए ।
उनका अनुसार सो प्रतियोगिताको विजेतालाई च्याङ्ग्रा, शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ भने, उपविजेता टोलीले खसी शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा पोखरा भित्र रहेका १२ वटा लागुऔषध उपचार तथा सुधार केन्द्रहरुले सहभागिता जनाउने छन् ।
विगत वि.सं. २०५५ सालदेखि लागुपदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले लागुऔषध र मादकपदार्थ सम्बन्धि परामर्श र उपचार केन्द्र चलाइरहेको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

