पोखरामा ६ जुवाडे १ लाख ८८ हजार बढी नगदसहित पक्राउ
पाेखरा | कात्तिक १, २०८१

पोखरा: पोखरा ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुममा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले होटलमा जुवातास खेलिरहेका ६ जनालाई १ लाख ८८ हजार ४ सय २६ रुपैयाँसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा होटलका रेखदेख गर्ने जिम्मेवारी प्राप्त गर्ने स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा–१७ बस्ने ३८ वर्षीय नविन थापा, स्याङ्जाको पुतलिबजार नगरपालिका–७ स्थायी घर भई पोखरा–१० बस्ने ४० वर्षीय भेष बहादुर गुरुङ छन् ।
यस्तै पोखरा महानगपालिका–१२ बस्ने ४३ वर्षीय शंकर थापा, पोखरा–१७ बस्ने ५३ वर्षीय शावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ«े गाउँपालिका–२ घर भई पोखरा–७ बस्ने ३९ वर्षीय दुर्गा गुरुङ र पोखरा–१७ बस्ने ४९ वर्षीय आईती गुरुङलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जुवा सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...
पोखरा: बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...
पोखरा: आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...