सिञ्जामा फेरि हाटबजार सुरु
काठमाडाैं | साउन १, २०७९
सांकेतिक तस्बिर
काठमाण्डोँ: विसं १८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिञ्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिञ्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।
‘हाट’कै कारण १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म सिञ्जा खस राज्य आर्थिकरुपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो । सामान्यतया नेपालको पूर्व–पश्चिममा अहिले पनि मौसम र बारअनुसारको हाटबजार लाग्ने चलन निरन्तर छ ।
केही मिठो चीज वा राम्रो वस्तु लिन पर्दा ‘हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीमा कायमै छ । यो विशेषगरी ६५ वर्ष माथिका बुढापाकाले भन्ने गर्छन् । सिञ्जा उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित ठाउँलाई अहिले पनि ‘हाट सिञ्जा’ भन्छन् । अहिले त्यहाँ हाटसिञ्जा भन्ने गाउँ रहेको छ ।
‘हाट’लाई अथ्र्याउँदा दुकान भन्ने पनि लाग्छ । यद्यपि उतिबेलाको ‘हाट’ शब्दले आजको विशालबजार जस्तो पनि बुझाउँछ । यसलाई ग्रामीण क्षेत्रको एउटा सानो बजारका रुपमा पनि हेरिन्छ । अहिले भने ‘हाट’ लाई खुला सडक वा चौरमा भन्ने अर्थ लगाइन्छ ।
यही ‘हाट’को बिरासतलाई पुनरुत्थान गर्दै सिञ्जा गाउँपालिका जुम्लाले आज साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको छ । जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि उक्त ‘हाट’ बजारको पुनःस्थापना गरिएको बताइएको छ ।
गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोटमा आज विधिवत्रुपमा ‘हाट’ बजार सुरु गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । अध्यक्ष धितालले भन्नुभयो, “सिञ्जाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ‘हाट’ बजार परम्परालाई थालनी गरेका छौँ, यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो, गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ ।”
कर्णालीको इतिहास र संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले शहरको विकास भइनसकेको अवस्थामा वस्तु विनिमय गरिने स्थानलाई नै ‘हाट’ बजार भन्दै आइएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यतिबेला अहिलेको जस्तो पैसाले किनमेल गर्ने चलन थिएन, ऊन दिएर अन्न लिने, अन्न दिएर लत्ताकपडा किनिन्थ्यो, वस्तु दिएर वस्तु नै लिइन्थ्यो जहाँ सामूहिकरुपमा किनमेल हुन्थ्यो ।” तत्कालीन् सिञ्जा खस राज्यबाट नै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि समान किनबेच हुने गरेको इतिहासबारे जानकारी दिँदै उहाँले महाकाली पारी जोल्जीबी, झुलाघाट ‘हाट’ खोलिएको जनाउनुभयो ।
उहाँका अनुसार जङगबहादुर राणाको अभ्युदयपछि दाङ र कान्छो ‘हाट’का रुपमा नेपालगञ्ज खुलेकोले १९औँ शताब्दीपछिको पुस्ताले त्यही ‘हाट’मा जाने आउने गर्दै आएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

