कास्की प्रहरीको ‘रातारात रेस्पोन्स’: करणी गरेको ५ घण्टामै खिमबहादुर पक्राउ
कास्की | साउन २, २०७९
पोखरा: नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका युवकलाई कास्की प्रहरीले ५ घण्टामै पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ५ लब्लीडाँडामा गत शुक्रबार राती जबरजस्ती करणी गरि ११ बजे फरार रहेका कुश्मा नगरपालिका ६ स्थायी घरभई हाल पोखरा १३ बस्ने २४ वर्षिय खिम बहादुर बिकलाई बिहान पौने ४ बजे कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।
करणी गरि फरार रहेका बिकलाई पोखरा महानगरपालिका ५ को वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।
‘हामीले सब फिल्ड क्लियर पारेका थियौ । आवश्यक ठाउँमा चेकपोष्ट खडा गरिसकेका थियौ, तिवारीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरीलाई देखेपछि लुक्दोरैछ । अन्तत उसलाई ५ नम्बर वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको हौं ।’
उनका अनुसार अहिले पक्राउ परेका बिकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
फोन उठायो र भन्यो 'म हरिचोकतिर छु'
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खिमबहादुर बिक चाउमिन फ्याट्रिमा काम गर्छन् । १३ वर्षिया नाबालिका सुलोचना (परिवर्तित नाम) लाई उनले गत शुक्रबार बेलुकीपख बाहिर हावा खान (आउटिङ) जाने बहानामा फकाएर लब्लीडाँडा पुर्याए ।
खिमबहादुर र सुलोचनाबीच पहिल्यैदेखि बोलचाल हुन्थ्यो र चिनजान थियो । त्यही क्रममा खिमबहादुरले सुलोचनालाई ललाई फकाई गरि लब्लीडाँडा घुमाउन लगे । त्यँही मौका छोपेर जबरजस्ती करणी गरे । त्यसपछि राती पौने ११ बजे सुलोचना त्यहाँबाट उम्किइन् ।
उनलाई नेपाल प्रहरीलाई खबर गर्नुपर्छ भन्ने हेक्का नभएपछि आफुनिकट संस्थाका अगुवालाई घटनाबारे बेलीबिस्तार लगाइन् । उक्त संस्थाले काठमाडौं प्रहरीलाई घटना विवरण सुनायो । काठमाडौं प्रहरीबाट कास्की प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न जिम्मा लगाइयो ।
घटनाबारे सबै विवरणपाएपछि कास्की प्रहरीले रातारात ‘क्विक रेस्पोन्स’ गर्याे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक (डिएपसी) सुन्दर तिवारी नेतृत्वको टोली सुलोचनालाई सम्पर्कमा ल्यायो । र फरार खिमबहादुरको खोजीकार्यलाई रातारात तिव्रता दियो ।
सुलोचनाको मोबाइल नम्बरबाट फरार खिमबहादुरलाई फोन लाग्यो र उठाउँदै भन्यो, ‘म हरिचोकतिर छु ।’ त्यसपछि प्रहरी टोलीको ध्यान त्यँतातिर केन्द्रित भयो । सोहीबीच प्रहरीको टोलीले सम्भावित स्थानहरुमा चेकपोष्ट तैनाथ गरिसकेको थियो । र आवश्यक प्रहरी परिचालन गरिसकेको थियो ।
फरार खिमबहादुरले प्रहरीलाई देखेपछि लुक्ने गर्थे । यसरी कास्की प्रहरीलाई झुक्काउँदैं भाग्न खोजीरहेका खिमबहादुर पोखरा ५ को वडा कार्यालयपछाडी लुकिरहेको प्रहरी टोलीले चाल पायो । र नियन्त्रणमा लियो ।
अहिले सुलोचनालाई मनोपरामर्श दिइएको छ भने करणी गरेका खिमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

