‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
काठमाडाैं | कात्तिक १२, २०८१
काठमाडौं: तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ ।
आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी गराउनुभयो ।
यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा निकट भविष्यमा सुरु हुने उहाँले बताउनुभयो ।
डा रूइतका अनुसार ‘एस्थेटिक अकुलोप्लाष्टि’ भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया वा अन्य उपचार पद्धतिबाट अनुहारमा सौन्दर्य ल्याउन मद्दत गर्ने भएकाले यसप्रतिको चासो जनमानसमा बढ्दो छ ।
हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ ।
यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा इभेट सान्टियागो, मलेसियाका डा एलिस गोह र सिङ्गापुरका डा स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
फिलिपिन्सकी डा सान्टियागोले अनुभवीबाट मात्र यस्तो सेवा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“बोटक्स गर्दा भएको गल्तीले अनुहार नै बिग्रिएका पनि छन् । सकेसम्म बेलैमा छालाको ध्यान दिनु राम्रो हुन्छ ।”
कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकको सहभागिता रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

