श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु

पाेखरा | साउन २, २०७९

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु

 

पोखरा:    पोखरा – ८  रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ ।

 

कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ ।

 

कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।

 

मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । 

 

भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभयो ।

 

उहाँले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उहाँको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

 

गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताउनुभयो ।

 

पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोल्नुभएको थियो ।

 

मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्