क्लब आइभीवाईको ग्राण्ड ओपनिङ बुधबार, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’
पाेखरा | कात्तिक १३, २०८१
पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ ।
चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै भोलि (बुधबार) क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।
उनका अनुसार सो व्याण्डले ४ वर्षपछि पोखरामा प्रस्तुती दिदैंछ ।
गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुती दिने बताउदैं प्रवेश निशुल्क रहेको जानकारी दिए ।
उनका अनुसार भोलि (बुधबार) देखि क्लबको औपचारिक सेवा शुभारम्भ हुनेछ ।
उक्त कार्यक्रमको सुरुवातमा निष्कर्ष व्याण्डले प्रस्तुती दिनेछ । सो इभेन्टको व्यवस्थापन लाइअप नेपालले गरको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

