इन्डोनेसियाबाट ल्याइयो तीन दमकल
काठमाडाैं | साउन ३, २०७९
काठमाडौं: काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अत्याधुनिक प्रविधिसहित त्यहाँबाट तीन वटा दमकल नेपाल ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् ।
पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुग्दा दुई करोड ४० लाख रुपियाँ लागत परेको उहाँले जानकारी दिनुभयो । उहाँले ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा राखिनेछन् ।
दमकल सञ्चालनमा आउन करिब १५ दिन लाग्नेछ भने इन्डोनेसियाबाट आउने प्राविधिकहरूले दमकल सञ्चालन गर्ने छन् । काठमाडौं आइपुगेको दमकल यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

