ठगी गर्न नक्कली सुनको प्रयोग
कास्की | साउन ३, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बाला देखाएर ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ८ न्यूरोडस्थित होटलमा नक्कली सुनको बाला देखाई ठगी गर्न खोज्ने चितवनको माडी नगरपालिका ८ घरभई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजाको अर्जुन चौपारी
गाउँपालिका ४ रापाकोट घरभई हाल पोखरा १६ घार्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर विकलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ थान नक्कली सुनको बाला र २ थान मोबाइल सेट बरामत गरिएको बताइएको छ । पक्राउ परेका द्वयलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपगरि आवश्यक अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

