पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११  जना पक्राउ

पाेखरा | कात्तिक २०, २०८१

पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११  जना पक्राउ

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ ।

रविका समर्थकहरु निषेधित क्षेत्र नजिक पुग्न खोजेपछि कास्की प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको थियो । 

त्यसपछि भीड झन आक्रोशित बनेको थियो ।

 

त्यही क्रममा कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।

 

उनका अनुसार अहिले शान्तिपूर्ण तरिकाले नाराबाजी भइरहेको छ ।

 

 

 

पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइको माग गर्दै उनले राजनीतिक प्रतिशोध साँध्दै सरकार उधो गतिमा लागेको टिप्पणी गरे । पक्राउ परेकाहरुलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

आज लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिने भएपछि रास्वपाले विरोध कार्यक्रमको तयारी गरेको थियो । सोही अनुरुप अहिले पनि वाइचोकमा विरोध प्रदर्शन भइरहेको छ ।

 

थप तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्