तेस्राे पटक म्याद थप भएपछि रवि समर्थकले आजपनि विरोध गर्ने
पाेखरा | कात्तिक २१, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गर्ने भएको छ ।
लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा प्रदर्शन गरिने केन्द्रीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकमा उक्त कार्यक्रम हुँदैंछ ।
यस्तै पार्टीको निर्देशन अनुसार विभिन्न जिल्लामा समेत विरोध कार्यक्रमको तयारी भइरहेको छ ।
मंगलबार तेस्रो पटक कास्की जिल्ला अदालत पेश गरिएका लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता थप आक्रोशित बनेका हुन् ।
हिजो भएको प्रर्दशनको क्रममा ११ जना रास्वपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि बेलुकी छाडिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

