बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन
काठमाडाैं | कात्तिक २२, २०८१
काठमाडौं: चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गर्नुभएको छ ।
क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ–आफ्ना पुस्तक अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायत व्यक्तित्वको सहभागिता थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

