धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

बाग्लुङ | कात्तिक २५, २०८१

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

गलकोट:    गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । 


औषधालयमा हाल  बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो । 


धवलागिरि आयुर्वेद औषधालयलाई  स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ । 


पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो । 


अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै रु एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । 


मन्त्री पाठकले चालु आवमा सेवा सञ्चालन गर्नेगरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तरवृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिनुभयो । 


“तत्कालै अस्पतालका लागि थप जनशक्ति, पूर्वाधार व्यवस्थापन, मर्मतसम्भार, औजार तथा उपकरण, औषधि निर्माण र खरिदका लागि बजेट व्यवस्थापन गरिएको हो”, पाठकले भन्नुभयो, “आगमी आवमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुन्छ ।” 


यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तरवृद्धि गर्ने निर्णण भएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।

 
होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ । 


अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा शरद पन्थीले जानकारी दिनुभयो । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले जानकारी दिनुभयो । 


अहिले भवनको तल्लो तलालाई अन्तरङ्ग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ । 


आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरेहको बताउँदै पन्थीले गण्डकी प्रदशेको निर्णयानुसार अस्पतालको स्तरवृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तरवृद्धिपछि भौतिक संरचना भने विस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्