स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: मर्दी हिमाल आरोहणका क्रममा एक जना गाइडको मृत्यु भएको छ ।
कास्कीको माछापूच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र) ले सुनगाभा न्यूजसँग बताए ।
‘काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकसहित ५ जना आएका रहेका छन्, वडाध्यक्ष क्षेत्रीले भने, ‘आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको अपुष्ट जानकारी पाएका छौं, सँगै गएका गोराले भरिया प्रेस्टिज बुर्लाकोटीलाई भनेपछि हामीले थाहा पाएका हौं थप बुझ्दै छौं ।’
वडाध्यक्ष क्षेत्रीका अनुसार मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएका नर्वेका एक नागरिकसहित गएका ४ नेपाली मध्ये मुख्य गाइड तामाङको आज लडेर मृत्यु भएको बताए ।
मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको उनले बताए ।
मर्दी हिमाल आरोहणका लागि गएका विदेशी नागरिकसहितको टोली अहिले हाइक्यापमा फर्किएको छ ।
हाइक्याप पुग्न पोखराबाट २ दिन लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

