बागलुङ जीप दुर्घटना अपडेट: मृत्यु हुनेहरुको पहिचान खुल्यो (नामसहित)

बाग्लुङ | कात्तिक २६, २०८१

बागलुङ जीप दुर्घटना अपडेट: मृत्यु हुनेहरुको पहिचान खुल्यो (नामसहित)

बागलुङ:     बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ ।

 

मृत्यु हुनेहरुमा  जीप चालक जैमिनी नगरपालिका ८ का अन्दाजी ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकै २० वर्षीया रश्मी श्रीस, सोही ठाउँकै ५० वर्षीया नन्दकली पुन, सोही स्थानकै १७ वर्षीय निरज श्रीस र सोही गाउँकै ७५ वर्षीय कुल प्रसाद श्रीस  रहेका छन् ।

 

यस्तै घाइते सोही वडाकै ४५ वर्षीय गंगाबहादुर श्रीस घाइते भएका छन् । उनलाई उपचारका लागि बागलुङ बजार पठाएको बताइएको छ ।

 

जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनामा परेको थियो ।

 

बागलुङ प्रहरीका अनुसार उक्त जीप सडकदेखि करिब सय मिटरभन्दा तल खसेको बागलुङ प्रहरीले जनाएको छ ।

 

यो पनि पढ्नुहोस

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्