तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन
तनहुँ | कात्तिक २६, २०८१
तनहुँ: नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । आज बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा विकास तमु, कास्कीकी नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भए ।
कोषाध्यक्षमा नवलपरासीका अनुपम तमु, सहकोषाध्यक्षमा काभ्रेकी अन्जु तमु, सङ्गठन विभाग प्रमुखमा चितवनका सविन तमु, प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज तमु, भाषा, साहित्य, संस्कृति तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा काभ्रेकी इशा तमु, विदेश विभाग प्रमुखमा गोरखाका सोम तमु, आइटी विभाग प्रमुखमा चितवनका सुनिल तमु, शैक्षिक विभाग प्रमुखमा गोरखाका वृषराम तमु, प्रशिक्षण, अनुशासन तथा अनुगमन विभाग प्रमुखमा स्याङ्जाका गोविन्द तमु निर्वाचित भए ।
यस्तै केन्द्रीय सदस्यहरूमा सुनिल तमु, सोम तमु, सुशन तमु, माधव तमु, राजाराम तमु, आयुष तमु, रुक्सन तमु, प्रज्वल तमु, एलिना तमु, रितेश तमु, मनिष तमु, विनिसा तमु, प्रितम तमु, अनु तमु, इन्द्रमणि तमु, ममता तमु, राज घले, कोपिला तमु निर्वाचित भए ।
गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेसँगै सुरु भएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी आज सम्पन्न भएको हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

