पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?
काठमाडाैं | कात्तिक २७, २०८१
काठमाडौँ: उच्च अदालतको फैसलालाई सर्वाेच्चले सदरगरेसँगै पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ) कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी जनाएको छ ।
आज काठमाडौंबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
त्यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार लगिएको हो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सोही मुद्दालाई कात्तिक २० गते सर्वोच्च अदालतले फैसला मिलेको भन्दै सदर गरेको थियो ।
५ वर्ष कैदको फैसला भएको मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...


