जापानीज सांसदको पोखरा भ्रमण: मेयरदेखि सांसदसँग शिष्टाचार भेटवार्ता
पाेखरा | कात्तिक २९, २०८१
पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।
बुधबार पोखरामा आइपुगेका जापानको निगाता प्रान्तका ३ सांसदसहित १६ जनाको भ्रमण टोलीले पोखराका मेयर धनराज आचार्य तथा प्रदेश सांसदहरुसँग भेटवार्ता गरेका हुन् ।
मेयरसँगको भेटमा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।
सो टोलीले बुधबार गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री सीता सुन्दास, संसाद गणेशमान गुरुङ र गण्डकीका पूर्व सांसद एवम् पोखरा महानगरपालिका पूर्व मेयर कृष्ण थापासँग भेटवार्ता गरे ।
यस्तै आज (बिहीबार) पोखराका मेयर धनराज आचार्यसँगै व्यवसायीको छाता संगठन नेपाल चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारसँग शिष्टाचार भेटावार्ता गरे ।
एनआरएनए जापानका कोषाध्यक्ष दीपक सुनारको समन्वयमा नेपाल आएका जापानको निगाता प्रान्तका सांसद याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेई ताकाकुराको नेतृत्वमा १६ जनाको टोली नेपाल आएका हुन् ।
यसअधि नेपाल आउने क्रममा काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटघाटको क्रममा उनीहरुले सांस्कृतिक, व्यवसायिक तथा आर्थिक विकास र पर्यटन प्रवद्र्धनको विषयमा छलफल गरेका थिए ।
उक्त टोली शुक्रबार स्वदेश फिर्ता हुनेछन् ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

