विन्ध्येश्वरी आदर्श बोर्डिङमा पिस पोष्टर प्रतियोगिता
पाेखरा | कात्तिक ३०, २०८१
पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा आज उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
सो प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा सौरभी कुशल प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय र विन्ध्येश्वरी स्कुलकै छात्र विनायक गिरी तृतिय भए ।
“सिमा बिनाको शान्ति” भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्नका विद्यालयका करीब २५ विद्यार्थीहरु सहभागी भएको थिए ।
विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन लायन कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लायन्स क्लब अफ पोखरा डल्फिनले मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको कार्यक्रम नियमित गर्दै आइरहेको छ ।
प्रतियोगिताको प्रमुख अतिथिसमेत रहेका विद्यार्थीका विभिन्न पक्षको सन्दर्भमा बोलेका थिए । यस्तै डिस्ट्रिकको एडभाइजर लायन ऋषि गिरी तथा क्लष्टर ३ का क्लष्टर प्रमुख लायन विष्णु श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रतियोगिताको निणार्यकका भूमिकामा विन्ध्येश्वरीकै कला शिक्षक अनिता थापा थिइन् ।
क्लबका अध्यक्ष लायन गोविन्द बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन गणेश बहादुर थापाले गरेका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

