एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम | मंसिर १, २०८१

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । 


आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित हुनुभएको हो । बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गर्नुभयो ।

    
उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गर्नुभयो । 

    
सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित हुनुभयो । उहाँले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गर्नुभयो । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गर्नुभयो । 


उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित हुनुभएको छ । राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गर्नुभयो । अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गर्नुभयो । 

    
त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै   दिलकुमारी लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गर्नुभयो ।

    
बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । मत भने पाँच सय ८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्