पोखरामा सप्ताहव्यापी कर सचेतना कार्यक्रम
पाेखरा | मंसिर १, २०८१
लेखनाथ: स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराले आजदेखि यहाँ ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी पोखराका विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो ।
प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो ।
आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले कार्यालयको उक्त अभियानमा सङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा राख्नुभयो ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग अन्तरक्रिया, सञ्चारमाध्यमसँग संवाद, शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिनुभयो ।
यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै कर अधिकृत शर्माले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गर्नुभयो ।
अडिटर एशोसियशन कास्कीका अध्यक्ष कमल रेग्मीले व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज आयोजित प्रभातफेरि कार्यक्रम पोखरा सभागृहबाट सुरु भई सृजनाचोक, सिमलचौर, रत्नचोक हुँदै रान्तरिक राजस्व कार्यालयमा पुगेर कर सचेतना सभामा परिणत भएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

