अनलाइनबाटै जोडी खोजिदिने ‘लमी’

काठमाडाैं | मंसिर २, २०८१

अनलाइनबाटै जोडी खोजिदिने ‘लमी’

काठमाडौं:     बिहेको महिना सुरु भएको छ । उमेर पुगेका जोकोही युवायुवतीले असल जीवनसाथीको खोजी गरिरहेका हुन्छन् । चाहे अनुसारको जोडी नपाइएका कारण कतिपयको विहे गर्ने उमेर पनि धकेलिँदै गएको हुन्छ । 

बाबुआमा र परिवारको करकापमा बिहे गर्ने चलन अहिल निकै कम छ । युवायुवतीहरु आफूले रोजेको र चाहेको व्यक्तिसँग लगनगाँठो कस्न चाहान्छन् । तर भनेजस्तो जीवनसाथी झट्ट पाउन पनि कठिन छ । 


जीवनसाथी खोज्न सघाउने उद्देश्यले पछिल्लो सयम नेपालमा पनि प्रविधिको सहारा लिन थालिएको छ । स्टार्टअप व्यवसायमा दखल भएका युवा पुस्ताले विभिन्न अनलाइन एपमार्फत उक्त सेवा दिन थालेका छन् । 


बागलुङका निशान सापकोटालगायत युवाहरुले खोलेको ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी पनि अहिले अनलाइनबाट बिहेका लागि जोडी खोजीदिने कार्यमा तल्लिन छ । 


अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न उक्त व्यवसाय सुरु गरिएको कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले बताउनुभयो । तत्कालका लागि फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सञ्चालन भइरहेको उहाँको भनाइ छ ।


 “यही मङ्सिर अन्तिमसम्ममा कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवद्र्धनको काम भइरहेको छ ।”


इच्छुक युवा वा युवतीले उक्त पेजमा सन्देश पठाउँदासाथ सम्बन्धित व्यक्तिकोमा फारामसहितको गुगल लिङ्क पुग्ने सापकोटाले उल्लेख गर्नुभयो । फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम कम्पनीले प्रतिनिधिले गरिदिने उहाँको भनाइ छ ।  सेवा प्रवाहका क्रममा पूर्ण रुपमा व्यक्तिगत गोपनियता कायम गर्ने गरिएको सापकोटाले बताउनुभयो ।  


सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उहाँले बताउनुभयो । उक्त सेवाबापत न्यूनतम शुल्क लिने गरिएको छ । अहिलेसम्म ५० जना सम्भावित जोडीबीच कुराकानी गराइएकामा काठमाडौँका एक जोडीको मात्र बिहे भएको सापकोटाले जानकारी दिनुभयो । 


व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् । व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताउनुभयो । 


कम्पनीले काठमाडौँको मैतीदेवीमा कार्यालय स्थापना गरेर गत भदौदेखि सेवा सञ्चालनमा ल्याएएको हो ।


उक्त सेवासँगै विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा पनि दिने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीमा सापकोटासहित छ जना युवा आबद्ध रहेका छन् । नेपालमा जीवनसाथी खोज्न सघाउने अन्य  अनलाइन ‘एप’ पनि सञ्चालनमा छन् ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्