राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ

काठमाडाैं | मंसिर २, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा  रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  


उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।


यसैबीच राष्ट्रपति पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शैल रुपाखेतीलाई जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य, डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्नुभएको छ । 


यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्