राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
काठमाडाैं | मंसिर २, २०८१
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।
यसैबीच राष्ट्रपति पौडेलले विभिन्न छ देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शैल रुपाखेतीलाई जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य, डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

