कृष्मा र आश्रयलाई पोखरा चाइल्ड स्टारको उपाधि
पाेखरा | मंसिर ३, २०८१
पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् ।
बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो ।
मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते ।
मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर अप दीप्तिका गुरुङ भइन् । उनले मल्टिट्यालेन्ट अवार्ड समेत जितिन् । मन्जिता खत्री सेकेण्ड रनर अप, आर्या बराल थर्ड रनर अप भए । आर्याले एक्सप्रेस क्वीन अवार्ड पति जितिन् ।
यस्तै, रविना विश्वकर्माले वेस्ट क्वाट वाक, एरिका आचार्यले मिस पपुलर अवार्ड, ज्योत्स्ना बरालले फोटो जेनिक अवार्ड, हृजुता बरालले स्वीट स्माइल अवार्ड र गौरवी विकले मिस पपुलारिटी अवार्ड जितेका छन् ।
गत वर्ष सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका थिए ।
यसपालि, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा करिब ४ घण्टा चलेको कार्यक्रममा निर्णायकमा पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा.दीपमाला श्रेष्ठ गुरुङ, अम्बिकाप्रसाद भट्टराई, झलक गुरुङ, इ.अनिल ढुंगाना र माया गुरुङ थिए ।
आयोजक नन्द इन्टरटेनमेन्ट हाउसका निर्देशक देवेन्द्र शाहीले कार्यक्रम संचालन गरेका थिए । शाही स्वयंको कोरियोग्राफी थियो ।
नन्द इन्टरटेनेमन्टले प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धिका लागि बेलाबेलामा विविध कार्यक्रम गर्दै आएको संस्थाका निर्देशक देवेन्द्र शाहीले बताए । गत महिना संस्थाले गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’ सफलतापूर्वक सम्पन्न गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

